भ्याली एआइजी कार्कीद्वारा डिआइजी थपलियालाई स्वागत तथा बडुवा भएका प्रहरी कर्मचारीलाई दर्जन चिन्ह प्रदान
काठमाडौं उपत्यका प्रहरी कार्यालयका, प्रमुख प्रहरी एआईजी कार्कीले आज एक कार्यक्रमका बीच मधेश प्रदेश प्रहरी कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालयकामा सरुवा भई हाजिर हुन भएका डिआईजी गोविन्द थपलियाको स्वागत तथा प्रहरी निरीक्षक पदमा पदोन्नती हुनु भएका प्रहरी निरीक्षक निर्मल खत्री र नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रद्वारा पदोन्नती हुनु भएका संचार,कम्प्युटरतर्फ दरबन्दीका प्र.स.ह., प्र.ह. र प्र.ब.ह. पदमा बढुवा भएका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको छ ।
उक्त स्वागत तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

