डोल्पामा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने २ जना चालकहरु नियन्त्रणमा
ठुलिभेरी नगरपालिका वडा नम्बर ४, रुपगाड स्थित भेरी करिडोर हुँदै डोल्पा जिल्लामा सवारी साधनद्वारा आवतजावत गर्ने यात्रु महानुभावहरुको सुरक्षालाई दृष्टिगत गर्दै उक्त सवारी साधनका चालकहरुको लागु पदार्थ सेवनको परिक्षण गरिएको छ ।
डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा डिएसपी अनिल गिरी कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला स्वास्थ्य सेवा कार्यालय डोल्पाको सहयोगमा सवारी चालकहरुको लागु पदार्थ सेवनको परिक्षण गरेको थियो। परिक्षणको प्रारम्भिक प्रतिवेदन अनुसार परिक्षण गरिएका १३ जना सवारी चालकहरु मध्ये २ जनाले लागु पदार्थ सेवन गरेको देखिएकोले निजहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको।

