‘लागू औषधविरुद्ध झापा अभियान’ लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक : आईजीपी कार्की
आइजिपी दानबहादुर कार्कीले लागू औषध तथा अन्य अपराध नियन्त्रणका लागि प्रहरीको प्रयाससँगै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।
झापामा ‘लागू औषधविरुद्ध झापा अभियान’को उद्घाटन कार्यक्रममा उहाँले लागू औषध दुर्व्यसन नियन्त्रणका लागि देशभर १५ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै अब अभियानलाई थप प्रभावकारी, सक्रिय र कडाइका साथ अघि बढाइने बताउनुभयो ।
आईजीपी कार्कीले लागू औषध नियन्त्रण केवल प्रहरीको जिम्मेवारी नभई परिवार, विद्यालय, स्थानीय तह, सामाजिक सङ्घसंस्था र समुदायको साझा दायित्व भएको उल्लेख गर्दै युवापुस्तालाई दुर्व्यसनबाट जोगाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

