डिआईजी विनोद घिमिरेद्वारा बढुवा भएकालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन
प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशले प्राविधिक प्रहरी सहायक हवल्दार पदबाट प्राविधिक प्रहरी हवल्दार र प्राविधिक प्रहरी जवान पदबाट प्राविधिक प्रहरी सहायक हवल्दार पदमा पदोन्नती हुनुभएका प्रहरी कर्मचारीहरुलाई कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी विनोद घिमिरेले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।
आज आयोजित कार्यक्रममा डिआईजी विनोद घिमिरेले पदोन्नती हुनुहुने प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना सहित थप जिम्मेवारीलाई उत्कृष्ट तवरले निर्वाह गर्न निर्देशन दिनु भएको छ ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दहाल, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुका साथै प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

