एसएसपी तुलबहादुर कार्कीद्वारा बढुवा भएका प्रहरीलाई दर्ज्यानी चिन्ह सु-शोभन
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी तुल बहादुर कार्कीले हिजो एक कार्यक्रमका बीच बढुवा भएका प्रहरी कर्मचारीलाई दर्जनी चिन्ह प्रदान गरी सफलताको शुभकामना समेत दिनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको पत्रादेशानुसार प्राविधिक प्रहरी समूह तर्फका प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सु-शोभन गर्नु हुदै ललितपुर प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तुल बहादुर कार्की लगायत डिएसपी तथा इन्सपेक्टरहरूको उपस्थितिमा ।

