डीआईजी ओम अधिकारीले उच्च मनोवलका साथ त्रुटीरहित ढंगबाट प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न निर्देशन
मधेश प्रदेशका प्रहरी प्रमुख डीआइजी ओम अधिकारीले जिल्ला प्रहरी कार्यालय धनुषाको स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन समेत दिनुभएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यलयहरुबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धान साथै जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती नियन्त्रणका लागि प्रहरीले गरेका विभिन्न गतिविधिहरु समेतको निरीक्षण गरि प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं समय सान्दर्भिक बनाउन डीआईजी अधिकारीले उक्त निरिक्षण गर्नुभएको हो ।
डिआईजी ओम अधिकारीले जस्तोसुकै विषम परिस्थितिमा पनि कति पनि विचलति नभई समाजमा शान्ति सुरक्षा तथा अमचयनको खातिर अहोरात्र तल्लिन रहनु नै नेपाल प्रहरी संगठनको गौरवमय इतिहास रहेकाले कुनैपनी प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड दिनुभयो । Om Adhikari Dan Bahadur Karki
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


