लमजुङका डिएसपी जितेन्द्र बस्नेतद्वारा बढुवा भएकालाई दर्ज्यानी चिह्न सुशोभन
नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागको पत्रद्वारा जिल्ला प्रहरी कार्यालय लमजुङ तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुमध्ये प्राविधिक संचार तर्फ प्रहरी वरिष्ठ हवल्दार पदबाट सहायक निरीक्षक पदमा पदोन्नति भएका सहायक निरीक्षक कुमार महत, प्राविधिक सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा पदोन्नति भएका प्राविधिक प्रहरी हवल्दार दिपक घर्ति र प्राविधिक प्रहरी जवान पदबाट सहायक हवल्दार पदमा पदोन्नति भएका सहायक हवल्दार सन्तोष थापा र भिम कुवँरलाई डिएसपी जितेन्द्र बस्नेतले एक कार्यक्रमका बीच दर्ज्यानी चिह्न सुशोभन गर्नुभएको छ ।
उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतको प्रमुख आतिथ्यतामा पदोन्नति भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गर्नु भई शुभकामना एवं आवश्यक निर्देशन समेत दिनु भई कार्यक्रम सम्पन्न गरिएको । Jeetendra Basnet
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


