मापसेमा ५० हजार, लेन मिच्नेलाई १० हजारसम्म जरिवाना गर्ने तयारी
सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक अनुशासन कडाइ गर्ने उद्देश्यसहित सरकारले सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुन परिमार्जनको तयारी गरेको छ ।
प्रस्तावित व्यवस्थाअनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने तथा लेन अनुशासन उल्लङ्घन गर्ने सवारी चालकलाई १० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था राख्न लागिएको बताइएको छ ।
यस्तै, ट्राफिक नियम उल्लङ्घनका अन्य कसुरमा समेत हालको भन्दा कडा दण्ड–जरिवानाको व्यवस्था गर्ने विषयमा सरोकारवाला निकायबीच छलफल भइरहेको छ ।
बढ्दो सवारी चाप, दुर्घटना र ट्राफिक अव्यवस्था नियन्त्रण गर्न कानुनी व्यवस्था थप प्रभावकारी बनाउने सरकारको तयारी रहेको जनाइएको छ ।
प्रस्तावित कानुन संसदबाट पारित भएपछि मात्र नयाँ जरिवाना दर कार्यान्वयनमा आउनेछ। हाल भने विद्यमान कानुनअनुसार नै कारबाही हुने व्यवस्था कायम छ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


