डिआईजी ओम अधिकारीद्वारा निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधन
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआईजी ओम प्रसाद अधिकारीले इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीको अनुगमन, निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
डिआईजी अधिकारीले निरीक्षणको क्रममा उक्त कार्यालयको अपराध अनुसन्धान शाखा, प्रशासन शाखा, उजुरी छानबिन शाखा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र हिरासत कक्ष समेतको निरीक्षण गर्नु भई प्रहरी कर्मचारीहरुलाई उच्च व्यवसायिकता प्रदर्शन गर्दै समयानूकुल अझ प्रभावकारी जनमैत्री प्रहरी कार्य सम्पादन गर्न, प्रहरी संगठन जनता र देशलाई सर्वोपरी राखेर काम गर्न, प्रहरी सेवालाई पेशा भन्दा सेवा भाव राखि काम गर्दै तोकिएको जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्ने लगायतका बिषयमा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत प्रदान गर्नु भयो । Om Adhikari
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


