नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी परिसर, काठमाडौँ उत्कृष्ट अङ्क प्राप्त गर्दै प्रथम हुन सफल 





जिल्ला प्रहरी परिसर, काठमाडौँले प्रहरीको मासिक कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गर्दै देशभरिका जिल्लाहरूमध्ये अग्रस्थान कायम राख्न सफल भएको छ ।
काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुखको रूपमा नेतृत्व अहिले एसएसपी दिलीप घिमिरेले गरिरहेका छन्। उहाँले कमाण्ड गर्नुभएको जिल्ला कार्यसम्पादनमा उत्कृष्ट हुन सफल भएको छ ।
काठमाडौँ परिसरको टिमले अपराध नियन्त्रण, शान्ति सुरक्षा, अनुसन्धान, फरार अभियुक्त प’क्राउ, समुदाय–प्रहरी साझेदारी, नागरिकमैत्री सेवा प्रवाहजस्ता सूचकका आधारमा नियमित कार्यसम्पादन मूल्याङ्कन हुने गरेको छ । सोही आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँले उच्च अंक प्राप्त गरेको हो ।
कानुन कार्यान्वयन, अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रविधिको उच्च प्रयोग (जस्तै: इलेक्ट्रोनिक क्विक रेस्पोन्स टिम) का कारण परिसरले यो सफलता पाएको हो ।
एसएसपी दिलिप घिमिरेले काठमाडौँ परिसरको जिम्मेवारी सम्हालेसँगै प्रहरी कर्मचारीलाई एक्टिभ बनाउँदै प्रहरी परिसरले अपराध नियन्त्रणका लागि GPS र डिजिटल प्रविधिमा आधारित (EQRT) परिचालन गरिएको छ ।
फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट तोकिएको लामो कैद सजाय र लाखौं जरिवाना असुल समेत सफल भएको छ
अपराध नियन्त्रणमा परिसरले ज्यान, आर्थिक अपराध, र महिला तथा बालबालिकासम्बन्धी मुद्दाहरूको प्रभावकारी अनुसन्धान गर्न सफल भएको छ । साथै ‘हाम्रो प्रहरी’ अभियानअन्तर्गत नागरिक सुनुवाइ तथा शान्ति सुरक्षा चुस्त बनाइएको। Dilip Ghimire Ishwor Karkee Dan Bahadur Karki
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


