महिला यात्रुलाई फोन र म्यासेज गरेर हैरानी पार्ने दुई जना राइड सेयरिङ चालकलाई ट्राफिक प्रहरीले पक्राउ
पक्राउ पर्नेमा इनड्राइभ चालक सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएर ललितपुर बस्दै आएका २९ वर्षीय आशिष भण्डारी र याङ्गो चालक कैलालीको गोदावरी नगरपालिका–३ घर भएर अनामनगर बस्ने २४ वर्षीय नरेश बिक छन्।
आइतबार उनीहरूलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेश सुवेदीले बताए ।
इनड्राइभ ट्याक्सी चलाउने भण्डारीले आफ्नो सवारीमा यात्रा गर्ने महिलाहरूलाई फोन र म्यासेज गरेर हैरान पार्ने गरेको थाहा भएको छ । उनले आफ्नो ट्याक्सीमा अनधिकृत रूपमा कालो सिसा राखेर चलाउने गरेको भेटिएको एसपी सुवेदीले बताए । उनले भने, ‘महिला यात्रुलाई अन्य सवारीमा राखेर समेत उनले अन्यत्र लैजाने गरेको पीडितको आरोप छ ।’
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


