गृहमन्त्री सुदन गुरुङले मोरङ प्रहरी कार्यालयको निरीक्षण गरी प्रहरी कर्मचारीलाई निर्देशन
अनुगमनको क्रममा विराटनगर पुगेका गृह मन्त्री सुदन गुरुङले जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण गर्नु भएको छ ।
निरीक्षणको क्रममा गृह मन्त्रीले उक्त कार्यालयको सम्पूर्ण शाखाहरु, हिरासत कक्ष, स्टाफ ब्यारेक लगायत कार्यरत प्रहरी कर्मचारीहरुको पिर, मार्का, गुनासो आदिको बारेमा प्रहरी कर्मचारीहरुसंग प्रत्यक्ष रुपमा छलफल गर्नुभएको छ ।
गृहमन्त्री गुरुङले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा आपसी भाईचारा तथा सहयोगी भावनाका साथ आचरण व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन समेत दिनु भयो ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


