काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ चालक सवारी नियम उल्लंघनको कारबाहीमा
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रमुख एसएसपी सुरेश काफ्लेका अनुसार कारबाहीमा परेकामा मादकपदार्थ सेवन गरेका ८१, नियमविपरीत ‘राइड सेयरिङ’का १०१, संकेत बत्ती उल्लंघनकर्ता १५९, तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०२ जना छन् ।
साथै, ‘लेन’ अनुशासन पालना नगर्ने ९२, निषेधित क्षेत्रमा हर्न बजाउने ११०, सडक फुटपाथ पार्किङमा ११०, एकतर्फीमा ६६ र अरू सवारी नियम पालना नगरेका एक हजार ५५ जना छन् । उक्त कारबाहीबाट १० लाख ६२ हजार रुपैयाँ असुल गरिएको छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


