डीआइजी भूपेन्द्र खत्रीद्वारा कपिलवस्तु ट्राफिक प्रहरी कार्यालयको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख डीआईजी भूपेन्द्र खत्रीले जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुको भवन तथा विभिन्न शाखाहरूको औपचारिक निरीक्षण र अनुगमन गर्नुभएको छ ।
निरीक्षण पश्चात डिआईजी खत्रीले त्यहाँ कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई सेवा प्रवाह चुस्त बनाउन आवश्यक निर्देशन दिनुभयो ।
निर्देशनको क्रममा डिआइजी खत्रीले जनतासँग शिष्ट, नम्र र व्यावसायिक व्यवहार गर्दै नागरिककेन्द्रित सेवालाई सर्वोच्च प्राथमिकता दिनुपर्ने र सडक दुर्घटना कम गर्न नियमित चेकिङमा कडाइ र सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने निर्देशन दिनुभएको छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


