एआईजी सुशील सिंह राठौरद्वारा निर्मित भगवती माताको मूर्ति प्राण प्रतिष्ठा तथा उद्घाटन
एआईजी सुशील सिंह राठौरको प्रमुख आतिथ्यतामा प्रहरी प्रभाग गोंगबुँ, नयाँ बसपार्क परिसरमा निर्मित भगवती माताको मूर्ति प्राण प्रतिष्ठा तथा उद्घाटन कार्यक्रम सम्पन्न । एआईजी राठौरले नवनिर्मित मन्दिरमा भगवती माताको मूर्तिको वैदिक विधिपूर्वक प्राण प्रतिष्ठा र पूजा-अर्चना गर्नुभएको छ ।
यस धार्मिक कार्यले प्रहरी कर्मचारीहरूमा सकारात्मक उर्जा, आध्यात्मिक शान्ति र नागरिक सेवामा थप हौसला प्रदान गर्ने विश्वास समेत लिइएको छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


