एआईजी शिद्धी शाहद्वारा बढुवा भएका प्रहरीलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको पत्रले जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनुभएका संजय कार्की, राजेन्द्र रावल र पुष्कर बहादुर धानुक तथा जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा विशेष बढुवा हुनुहुने राष्ट्रिय महिला कबड्डी टिमकी कप्तान मानमति बिष्टलाई आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी शिद्धी बिक्रम शाहको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


