एसएसपी श्यामकृष्ण अधिकारी सहितको प्रहरी टोलीद्वारा जिल्ला प्रहरी कार्यालय, कास्कीको निरीक्षण तथा अनुगमन
अपराध नियन्त्रण कार्ययोजना अन्तर्गत अनुगमनको शिलशिलामा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, कास्कीका प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारी सहितको प्रहरी टोलीले मंगलबार जिल्ला प्रहरी कार्यालय, कास्कीको अनुगमन गरेको छ ।
त्यसक्रममा उनले अपराध अनुसन्धान र अभिलेख व्यवस्थापन शाखा, महिला वालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, उजुरी छानविन शाखा, हिरासत कक्ष, प्रहरी कन्ट्रोल रुम, नागरिक सहायता कक्ष लगायतको अनुगमन तथा निरीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कार्मचारीहरूलाई आवश्यक निर्देशन दिएका छन् ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


