एसपी बशुन्धरा खड्काद्वारा बढुवा भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रले जनपद समुह तर्फ प्रहरी नायव निरीक्षक पदबाट प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा र प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नती भएका प्रहरी बरिष्ठ नायव निरीक्षक र प्रहरी नायव निरीक्षकहरुलाई आज दर्ज्यानी चिन्ह सुशोभन सम्पन्न भएको छ ।
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा पदोन्नती भएका प्रहरी बरिष्ठ नायव निरीक्षक र प्रहरी नायव निरीक्षकहरुलाई जिल्ला प्रहरी कार्यालय झापा प्रहरी प्रमुख एसपी बशुन्धरा खड्काले दर्ज्यानी चिन्ह सुशोभन गर्नुका साथै बधाई तथा शुभकामना सहित थप जिम्मेवारीलाई उत्कृष्ट तवरले निर्वाह गर्न निर्देशन दिनु भएको छ ।
कार्यक्रममा उक्त कार्यालयका प्रहरी नायव उपरीक्षक रन्जन अवा, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी अधिकृतहरु लगायत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


