डोल्पाका प्रमुख डिएसपी अनिल गिरीद्वारा निरीक्षण एवं निर्देशन कार्यक्रम सम्पन्न:
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल राज गिरीले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्नआउट, सबै शाखा, हिरासत कक्ष, ब्यारेक र मेसको निरीक्षण गर्नुभएको छ।
निरीक्षणका क्रममा उहाँले अनुशासन, व्यावसायिक दक्षता, नागरिकमैत्री सेवा प्रवाह र सांगठनिक प्रभावकारिता अभिवृद्धिसम्बन्धी मार्गदर्शन प्रदान गर्नुभयो। साथै, व्यक्तिगत टर्नआउटतर्फ उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई प्रोत्साहनस्वरूप पुरस्कार वितरण गरी कार्यक्रम सम्पन्न गरिएको थियो।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


