एसएसपी दिपक पोख्रेलद्वारा प्युठान जिल्ला प्रहरी कार्यालयको अनुगमन निरीक्षण तथा निर्देशन
नेपाल प्रहरी प्रदेश कार्यालय रुपन्देहीका कार्यालय प्रमुख एसएसपी दिपक पोख्रेलले जिल्ला प्रहरी कार्यालय प्युठानको अपराध अनुसन्धान तथा नियन्त्रण शाखा, भौतिक सबुत कक्षा र हिरासत कक्षको विस्तृत अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
निरीक्षणका क्रममा उहाँले कार्यालयको वस्तुस्थिति, अभिलेख व्यवस्थापन, तथा हिरासतमा रहेका थुनुवाहरूको मानव अधिकारको अवस्थाबारे जानकारी लिनुभयो।
नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै कानुनको अक्षरसः पालना गर्न र अपराध अनुसन्धानलाई थप प्रविधिमैत्री, पारदर्शी र प्रमाणमुखी बनाउन जोड साथै भौतिक सबुत कक्षामा रहेका प्रमाणहरूको सुरक्षा र उचित व्यवस्थापन चुस्त राख्न निर्देशन समेत दिनुभएको छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


