एसपी गोविन्द काफ्लेद्वारा ट्राफिक कार्यालयको अनुगमन निरीक्षण एवं छलफल तथा अन्तरक्रिया
रा.सु.तथा ट्रा.व्य. कार्यालय कास्की कार्यालय प्रमुख एसपी गोविन्द राज काफ्लेले जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दी, बाग्लुङ र अस्थाई ट्राफिक प्रहरी पोष्ट डिमुवा पर्वतमा संचालनमा रहेको TCA (Traffic Communication Application) को अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
निरीक्षणको क्रममा उहाँले कार्यालयको समग्र कार्यसम्पादन, सेवा प्रवाह, ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा सम्बन्धी गतिविधिहरूको बारेमा जानकारी लिनु भइ उपस्थित प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन सम्वोधन गर्नुभएको साथै जिल्ला प्रहरी कार्यालय म्याग्दी र बाग्लुङका प्रमुख एवं बाग्लुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी संग सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण सम्बन्धमा छलफल एवं अन्तरक्रिया गर्नु भएको थियो ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


