असई दिनेश पौडेल असार महिनाको “उत्कृष्ट प्रशिक्षक” घोषित तथा पुरस्कृत
नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक दिनेश पौडेलले सांगठनिक नीति निर्देशन बमोजिम आफूलाई प्राप्त जिम्मेवारी तथा पदीय दायित्वलाई अनुशासित, लगनशील र कर्तव्यनिष्ठ भई उच्च व्यवसायिकताका साथ निर्वाह गरि शिक्षालयको आन्तरिक तथा बाह्य प्रशिक्षण गतिविधिलाई समयानुकुल गुणस्तरीय बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा निजको लगनशीलता, कार्यकुशलता र अनुशासनको उच्च मूल्याङ्कन गर्दै मिति २०८३ साल असार महिनाको “उत्कृष्ट प्रशिक्षक “INSTRUCTOR OF THE MONTH” घोषणा गरी प्रशंसा-पत्र प्रदान गरिएको ।

