डिआईजी भूपेन्द्र खत्रीद्वारा दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट प्रहरीलाई सम्मान तथा Honoring Excellence: Luncheon with Police of the Month प्रदान
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी भूपेन्द्र खत्रीको प्रमुख आतिथ्यतामा इन्सपेक्टर पदबाट डिएसपी पदमा बढुवा हुनुभएका गिता प्रसाद चौधरीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन तथा २०८३ साल साउन महिनाको उत्कृष्ट प्रहरी छनौट हुन सफल जिल्ला प्रहरी कार्यालय, प्यूठानका कार्यालय प्रमुख डिएसपी नरहरी अधिकारीलाई सम्मान पत्र र नगद पुरस्कार पत्र सहित सम्मान गर्नुभएको छ ।
साथै उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुखले पदोन्नती हुनुभएका प्रहरी अधिकृत र Best Police of The Month छनौट हुन सफल प्रहरी अधिकृतलाई बधाई ज्ञापन गर्नुका साथै उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई Contemporary policing issues, प्रहरीको कार्यशैली, प्रहरीमा सुधार गर्नुपर्ने बिषयहरुमा आफ्ना अनुभवहरू समेत समेटी अनुशासित, ईमान्दर र निडर भई उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्न निर्देशन गर्नुभयो ।

