अभौतिक मुद्रा तथा प्रविधिजन्य अपराध नियन्त्रण र अनुसन्धान सम्बन्धी सरोकार निकायहरूसँग एक दिवसीय अन्तरक्रिया
अभौतिक मुद्रा तथा प्रविधिजन्य अपराधहरू बढ्दै गएकोले त्यस्ता प्रकृतीका अपराध नियन्त्रण र अनुसन्धानलाई वस्तुनिष्ठ र परिणाममुखि बनाउनका लागि सम्बन्धित निकायहरूले अपराध नियन्त्रण र अनुसन्धान कार्यमा थप ज्ञान, सिप र क्षमता प्रदान गर्ने उद्देश्यले उपत्यका प्रहरी कार्यालयद्वारा आयोजित अभौतिक मुद्रा तथा प्रविधिजन्य अपराधको नियन्त्रण, रोकथाम तथा प्रभावकारी अनुसन्धानमा सरोकारवाला निकायहरूबीच एक दिवसीय अन्तरक्रिया कार्यक्रम एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लव भृकुटीमण्डलमा सम्पन्न ।
कार्यक्रममा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका, डिआईजी ओम प्रसाद अधिकारी, एसएसपी प्रविण धिताल, एसपी महान्यायधिवक्ताको कार्यालय, उच्च सरकारी वकील कार्यालय पाटन, विशेष सरकारी वकील कार्यालय काठमाडौं, काठमाडौं उपत्यका स्थित तीन वटै जिल्लाका जिल्ला सरकारी वकील कार्यालयबाट पाल्नु भएका प्रतिनिधिहरू, नेपाल राष्ट्र बैंक प्रतिनिधी, अन्य बैंकबाट पाल्नु भएका प्रतिनिधीहरू, ईन्टरनेट सेवा प्रदायक संस्था, विभिन्न डिजिटल वालेट कार्यालयका प्रतिनिधीहरू, सरकारी निकाय प्रतिनिधीहरू, प्रहरीका अनुसन्धान अधिकृतहरू, विभिन्न क्षेत्रका विज्ञ तथा अन्य सरोकारवाला निकायका प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


