लुम्बिनी प्रदेश प्रहरीको तीनदिने विशेष अभियान : ‘ह्याक फर सेफ्टी’ कार्यक्रम, शुभारम्भ
‘‘ह्याक फर सेफ्टी’ मार्फत् प्रविधिमा रुचि राख्ने युवा, विद्यार्थी, डेभलपर, इन्जिनियर तथा नवप्रवर्तनकर्ताहरूलाई समेटिने प्रदेश प्रहरी प्रमुख डिआइजी भुपेन्द्र बहादुर खत्रीले बताए।
परम्परागत उपायले मात्र आधुनिक सुरक्षा चुनौतीको सामना गर्न नसकिने भन्दै प्रहरीले युवाहरूलाई प्रविधिका माध्यमबाट सार्वजनिक सुरक्षा, साइबर अपराध नियन्त्रण, अनुसन्धान सहयोग र प्रहरी सेवामा योगदान दिन आह्वान गरेको छ। यो केवल प्रतियोगिता मात्र नभई सार्वजनिक सुरक्षाका वास्तविक समस्याहरू समाधान गर्ने प्रयास भएको प्रहरीको भनाइ छ।

