एआईजी उमा चतुर्बेदीले जिल्ला प्रहरी कार्यालय धादिङ निरीक्षण तथा निर्देशन
नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौं अन्तर्गत कार्य विभागका प्रमुख एआईजी उमा प्रसाद चतुर्बेदीले जिल्ला प्रहरी कार्यालय धादिङ मातहत रहेको कार्यालयको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
निरीक्षणका क्रममा उहाँले कार्यालय भवन, विभिन्न शाखाहरू तथा कार्यालयबाट सम्पादन गरिएका कामकारबाहीहरूको अवलोकन गर्नुभएको थियो। साथै संगठनात्मक कार्यसम्पादन, सेवा प्रवाह तथा सुरक्षा व्यवस्थासम्बन्धी विषयमा आवश्यक जानकारी लिनुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक समित खड्का, कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ तथा इलाका प्रहरी कार्यालय खानीखोला धादिङका प्रमुखहरू, मातहतका प्रहरी इकाईका कार्यालय प्रमुख तथा इन्चार्जहरू लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।प्रहरी अतिरिक्त महानिरीक्षक चतुर्बेदीले उपस्थित प्रहरी कर्मचारीहरूलाई संगठनको व्यावसायिकता, अनुशासन, नागरिकमैत्री सेवा, अपराध नियन्त्रण तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशन प्रदान गर्नुभएको थियो ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


