एसपी नवीन कार्कीको विशेष उपस्थितिमा आगामी कार्य योजनाको विषयमा अन्तरक्रिया
जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजनामा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ९ शान्तिवन स्थित सभाहलमा समुदाय प्रहरी साझेदारी जिल्लास्तरिय समितिको मासिक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको ।
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङको प्रमुख आतिथ्यता तथा यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको विशेष उपस्थितिमा विभिन्न संघ सस्थाका पदाधिकारीहरु तथा समितिका पदाधिकारीहरु उपस्थितिमा जेष्ठ महिनामा सम्पादित सामुदायिक साझेदारीका कार्यक्रमहरु र आगामी कार्य योजनाको विषयमा अन्तरक्रिया तथा छलफल गरिएको ।

