एसएसपी कृष्ण कोइरालाद्वारा अपराध अनुसन्धान शाखाको निरीक्षण तथा निर्देशन
एसएसपी कृष्ण कोइरालाले जिल्ला प्रहरी कास्कीमा अपराध अनुसन्धान शाखाको निरीक्षण तथा त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका एसएसपी कृष्ण कोइराला समेतको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान शाखा, उजुरी तथा छानविन शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, अनुचित लेनदेन शाखा र CDR शाखाको कार्य सम्पादन तथा हिरासत कक्ष समेतको निरीक्षण गर्नुभएको छ ।
एसएसपी कोइरालाले निरीक्षण पश्चात सुधार गर्नु पर्ने पक्षहरु औँल्याई अनुसन्धानका प्रकृयाहरु, विभागीय नीति निर्देशन, CAP निर्देशनको लक्ष्य तथा उद्देश्य अनुरुप त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
निर्देशनको क्रममा सेवाग्राहीहरुको लागी प्रवाह गरिनु पर्ने प्रहरी सेवा नि:स्वार्थ एवं पारदर्शी तवरबाट प्रवाह गर्न तहाँ कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।

