एसपी ज्ञानेन्द्र बस्नेतले सवारी दुर्घटना न्यूनीकरण र प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि विशेष निर्देशन
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एसपी ज्ञानेन्द्र बस्नेतले जिल्ला ट्राफिक कार्यालय पर्साको कार्यालयको मेस, ब्यारेक तथा निरीक्षण गर्नु भई त्यहाँ कार्यरत ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
एसपी बस्नेतले आफ्नो पदिय जिम्मेवारी दत्तचित र व्यवसायिक भई सम्पादन गर्न, साथै सवारी दुर्घटना न्युनिकरणका लागि योजना सहित प्रभावकारी कार्य गर्न र प्रहरी आचरण बिपरितका कार्य नगर्न नगराउन निर्देशन दिनु भयो ।

