ट्राफिक नियम उल्लङ्घनमा हुने कारबाही र जरिवानाबाट चालकलाई जोगाउन उपत्यका ट्राफिक कार्यालयले “जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचाऊ” विशेष सडक सचेतना अभियानको आजबाट उपत्यकाभरि सुरुवात गरिएको
छ।
आजबाट सुरु भएको उक्त अभियानमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्ले आफै पुतली सडकस्थित व्यस्त चोकमा पुगेर उक्त अभियानलाई सफल पार्नलाई सडकमा खटिएर ट्राफिक व्यवस्थापन गर्नुहुँदै ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले आजबाट सुरु गरेको यस अभियानले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई र दुर्घटना न्यूनीकरण गर्न ठूलो मद्दत पुर्याउँछ ।

