आईजीपी दान कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दान कार्कीको प्रमुख आतिथ्यतामा रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका-१० महिलावार स्थित लुम्बिनी विकास कोषको परिसर भित्र शान्ति पदयात्रा तथा आत्महत्या, लागु औषध, दुर्व्यसनी, सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम आज भव्य रूपमा सम्पन्न ।
कार्यक्रमले समुदायमा शान्ति, सद्भाव र सुरक्षित समाज निर्माणको लागि सकारात्मक सन्देश प्रवाह गर्दै आत्महत्या, लागु औषध दुर्व्यसन तथा सडक दुर्घटना न्यूनीकरणमा सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहको सन्देश दिएको छ ।
उक्त कार्यक्रममा विभिन्न सुरक्षा निकाय, सरकारी कार्यालय, संघ–संस्था, विद्यार्थी, स्थानीयवासी तथा सरोकारवालाहरू समेत करिब ७,००० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

