एआईजी ईश्वर कार्कीद्वारा बिदाई तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
काठमाडौँ उपत्यका प्रहरी प्रमुख प्रहरी एआईजी ईश्वर कार्कीद्वारा सेवा अवधीको आधारमा अनिवार्य अवकाश हुनुभएका पूर्व प्रहरी निरीक्षक गजेन्द्र बहादुर शाहीलाई बिदाई तथा प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नती हुनु भएका प्रहरी निरीक्षक संजिव कुमार झा नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रद्वारा पदोन्नती हुनु भएका संचारतर्फ दरबन्दीका प्रहरी सहायक निरीक्षक पद देखि प्रहरी बरिष्ठ निरीक्षक पदमा पदोन्नती हुनु भएका सम्पूर्ण प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको छ ।
उक्त बिदाई तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


