इन्सपेक्टर राजेश सिलवालको सक्रियतामा नयाँ बसपार्क क्षेत्रमा ट्राफिक सचेतना महाअभियान, चालक तथा यात्रुलाई सडक सुरक्षाबारे जानकारी
इन्सपेक्टर राजेश सिलवाल तथा ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको आयोजनामा एक महिने “सडक सुरक्षा तथा सडक अनुशासन सम्बन्धी महाअभियान” सञ्चालन गरिएको छ।
“सचेत नागरिकका चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नारासहित सुरु गरिएको अभियानअन्तर्गत सवारी चालक तथा यात्रुहरूलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरिएको छ।
ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख प्रहरी इन्सपेक्टर राजेश सिलवालको नेतृत्वमा खटिएको टोलीले काठमाडौंको बाइपासबाट नुवाकोट जाने सडकखण्डमा विभिन्न सवारी साधन रोकी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रममा मदिरा सेवन गरी सवारी नचलाउन, अनावश्यक हर्न प्रयोग नगर्न, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न, तोकिएको गति सीमाभित्र सवारी चलाउन तथा मोटरसाइकल चालक र पछाडि बस्ने यात्रुले अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्नुपर्ने विषयमा जानकारी गराइएको थियो।
सडक दुर्घटना न्यूनीकरण, सुरक्षित पैदल यात्रा, सुरक्षित साइकल यात्रा तथा सार्वजनिक यातायातको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियान एक महिनासम्म निरन्तर जारी रहने ट्राफिक प्रहरीले जनाएको छ । Rajesh Silwal Sunil Jung Shah
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


