एसपी रविन कार्कीद्वारा सरुवा भएका प्रहरीको विदाई तथा बढुवा भएका प्रहरी कर्मचारीलाई दर्जनी चिन्ह सुशोभन
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रले सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक वेद नारायण श्रेष्ठ, प्रशान्त तामाङ र मेहेगी ल्हामु तामाङलाई एसपी रविन कार्कीले सफल कार्यकालको शुभकामना सहित विदाई गर्नुभएको छ ।
साथै नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास विभाग कर्मचारी प्रशासन शाखाको विभिन्न चलानी नम्बरले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ उप-समुह संचार तर्फ प्रा.प्र.स.नि.बाट प्रा.प्र.ना.नि. पदमा र प्रा.प्र.ब.ह. पदबाट प्रा.प्र.स.नि. पदमा बढुवा हुनुभएका जुनियर प्रहरी अधिकृतहरुलाई आज एक कार्यक्रमको आयोजना गरी एसपी कार्कीको आतिथ्यतामा सि.प्र.अ./जु.प्र.अ./प्र.ह./प्र.ज.को उपस्थितिमा दर्ज्यानी चिन्ह शु-सोभन कार्यक्रम सम्पन्न भएको छ ।

