डिआईजी दिपेन्द्र जि.सीद्वारा वडा कार्यालय वालिङको निरीक्षण तथा निर्देशन
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जि.सीले वडा कार्यालय वालिङ स्याङजाको निर्माणाधिन भौतिक संरचनाहरूको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
साथै डिआइजीले निर्माणाधिन भवन परिसर, शाखाहरु, नवपर्वद्धनात्मक कार्यहरू, कार्यालयबाट सम्पादित काम कारवाही, सेवा प्रवाह र गुनासो सम्बोधनको विषयमा स्थलगत अनुगमन तथा निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरीको काम कर्तव्य अधिकार तथा प्रहरी सेवाको साख अभिवृद्धि गरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउनका निमित्त आवश्यक पर्ने पेशागत निष्ठा, व्यवसायिक दक्षता र नैतिकताका सबन्धमा आवश्यक निर्देशन दिनुभयो ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


