एआईजी शिद्धी शाहद्वारा अवकाश प्राप्त सई बिष्णु रिमालको विदाई कार्यक्रम सम्पन्न
नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको प्रत्रादेशानुसार प्रहरी सेवाबाट अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षक बिष्णु प्रसाद रिमाललाई राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी शिद्धी बिक्रम शाहको प्रमुख आतिथ्यतामा सेवा निवृत भएका प्रहरी सईलाई मायाको चिनो प्रदान गर्नुका साथै प्रतिष्ठानमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै अवकाश पछिको पारिवारिक एवम् सामाजिक जिवनको शुभकामना व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा सेवा निवृत भई जान लाग्नुभएका अवकाश प्राप्त सई रिमालले अवकाश पछि पनि पुर्व प्रहरीको रुपमा प्रहरी संगठनसंग आवद्धता रहि रहनुका साथै पूर्व प्रहरीको हैसियतले प्रहरी संगठनको श्रीवृद्धिमा आफू निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

