एसपी बसुन्धरा खड्काद्वारा डिएसपीलाई स्वागत तथा बढुवा भएकालाई दर्ज्यानी चिन्ह सुशोभन
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रले जिल्ला प्रहरी कार्यालय, झापा सरुवा भएका प्रहरी नायव उपरीक्षक रञ्जन अवालाई स्वागत गर्नुका साथै प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको बिभिन्न पत्रादेशले प्राविधिक प्रहरी नायव निरीक्षक पदबाट प्राविधिक प्रहरी बरिष्ठ नायव निरीक्षक र प्राविधिक प्रहरी सहायक निरीक्षक पदबाट प्राविधिक प्रहरी नायव निरीक्षक पदमा पदोन्नती हुनुभएका प्रहरी कर्मचारीहरुलाई झापा जिल्ला प्रहरी प्रमुख एसपी बशुन्धरा खड्काद्वारा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा पदोन्नती हुनुभएका प्रहरी कर्मचारीहरुलाई एसपी बशुन्धरा खड्काले दर्ज्यानी चिन्ह सुशोभन गर्नुका साथै बधाई तथा शुभकामना सहित थप जिम्मेवारीलाई उत्कृष्ट तवरले निर्वाह गर्न निर्देशन दिनु भएको छ ।

