एआईजी शिद्धी शाहद्वारा सरुवा भएका इन्सपेक्टरलाई सफलताको शुभकामना सहित विदाई
एआईजी शिद्धी बिक्राम शाहले सरुवा भएका दुई जना इन्सपेक्टरलाई सफल कार्यकालको शुभकामना सहित आज एक कार्यक्रमका बीच बिदाई गर्नुभएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रले अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल सरुवा हुनुभएका इन्सपेक्टर रविन्द्र कुमार श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट इलाका प्रहरी कार्यालय भिमफेदी, मकवानपुर सरुवा हुनुभएका इन्सपेक्टर सनम मल्ललाई आज राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी शिद्धी बिक्राम शाहको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न ।

