“कानुनभन्दा माथि कोही छैन, कुनै पनि दबाब प्रलोभनमा नपरी निष्पक्ष सेवा दिन्छौं” : एसपी रुपक खड्का
सप्तरी जिल्लाका नयाँ एसपी रुपक खड्काको भनाइले मन खुसीले हर्षित भएको छ । हामि पनि साथमा छौ। हामीले उहिले देखि खोजेका कुरा अहिले उहाँको मुखबाट सुन्दा परिवर्तनको संकेत देखियो सप्तरीका एक समाजसेवीले भने ।
एसपी खड्काले राजविराज नगरभित्रको ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सप्तरी जिल्ला अदालतले २०६७ सालमा दिएको आदेश कार्यान्वयनमा ल्याइने जानकारी समेत बताए। सडक पेटी अतिक्रमण, जथाभावी पार्किङ तथा अस्तव्यस्त ट्राफिक व्यवस्थापनलाई सुधार गर्न प्रहरी दृढतापूर्वक लाग्ने उनले भने ।
“राजविराजको मुख्य सडक सवारीका लागि र सडक पेटी पैदल यात्रुका लागि व्यवस्थित रूपमा प्रयोग भएको दृश्य हेर्न पाउनु नै सुन्दर शहरको पहिचान हो,” उनले भने। राजविराज प्रवेश गर्दा आफूले पनि अव्यवस्थित पार्किङ र ट्राफिक समस्या देखेको उल्लेख गर्दै त्यसमा सुधार ल्याउन ठोस पहल गरिने बताए ।

