डोल्पाका असई हरि बोहरा जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत
डोल्पा जिल्लाका प्रहरी प्रमुख डीएसपी अनिल राज गिरीले एक कार्यक्रमका बीच असई हरिबहादुर बोहरालाई जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित गरी बधाई तथा शुभकामना व्यक्त गर्दै नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय डोल्पा तथा तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूबाट दैनिक सम्पादित कार्यको उचित मुल्याङ्कन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अनिल राज गिरीको प्रमुख आतिथ्यतामा अस्थायी प्रहरी पोष्ट थरगाँउ डोल्पामा कार्यरत प्र.स.नि. हरि बहादुर बोहरालाई मासिक कार्य सम्पादनको आधारमा २०८३ साल जेठ महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month) घोषणा गरिएको छ ।

