डीआईजी ओम अधिकारीले सम्हाले मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी 

केही दिन अगाडि मात्र सरुवा हुनुभएका डीआईजी ओमप्रसाद अधिकारीले आज मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुका साथै मातहतका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
गृह मन्त्रालयको निर्णयअनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट मधेश प्रदेशमा सरुवा भई उहाँले कार्यभार सम्हाल्नुभएको हो ।
जिम्मेवारी सम्हालेलगत्तै डीआईजी ओम अधिकारीले मातहतका सबै जिल्ला प्रहरी प्रमुखहरू तथा प्रहरी कर्मचारीहरूलाई आम नागरिकले महसुस गर्ने गरी निष्पक्ष, पारदर्शी र जनउत्तरदायी प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
प्रदेशभित्र हुने आपराधिक क्रियाकलाप, गुण्डागर्दी र भन्सार छली जस्ता अवैध गतिविधि विरुद्ध शून्य सहनशीलता (Zero Tolerance) अपनाउन निर्देशन दिनुभएको छ ।
साथै प्रहरी संगठनको साख उच्च राख्न सम्पूर्ण कर्मचारीहरूलाई पूर्ण अनुशासन, आर्थिक पारदर्शिता र व्यावसायिक आचरण पालना गर्न सचेत गराउनुभएको छ । सीमावर्ती क्षेत्रमा हुने तस्करी र आपराधिक गतिविधि नियन्त्रणका लागि विशेष सुरक्षा रणनीति अपनाउन निर्देश दिनुभएको छ । Om Adhikari






