डिआईजी सानुराम भट्टराईले सम्हाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी
प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नु भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेशले सरुवा हुनु भएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराई आज यस कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ ।
पदभार ग्रहण पश्चात आयोजित परिचयात्मक कार्यक्रममा डिआईजी सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा लगायत समग्र बस्तुस्थिति र प्रहरी जनशक्ति व्यवस्थापन सम्बन्धमा जानकारी लिनु भयो । उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुखले यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडित मैत्री सहज र द्रुत प्रहरी सेवा, सुशासन, मानव अधिकारको संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार, आर्थिक सुशासन, लागू औषध तथा तस्करी नियन्त्रण, जुवातास जस्ता गैर कानूनी कृयाकलापहरु विरुद्व शून्य सहनशीलताका साथ चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढंगले प्रहरी कार्य अगाडि बढाउन निर्देशन समेत दिनुभयो । Bhattarai San
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


