इटहरीमा ट्राफिक प्रहरी कर्मचारीहरूको निःशुल्क आँखा जाँच शिविर सम्पन्न
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको आयोजना तथा नेपाल नेत्र ज्योति संघ विराटनगर आँखा अस्पताल, मोरङको सहकार्यमा ट्राफिक प्रहरी कर्मचारीहरूको निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
शिविरमा कार्यालयमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूको निःशुल्क आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा आँखासम्बन्धी विभिन्न समस्या देखिएका कर्मचारीहरूलाई विशेषज्ञ चिकित्सकबाट आवश्यक स्वास्थ्य परामर्श, उपचारसम्बन्धी सुझाव तथा थप उपचार आवश्यक परेमा अस्पतालमा सम्पर्क गर्न सिफारिस गरिएको छ ।

