आईजीपी दान कार्कीको प्रमुख आतिथ्यमा “Flag Night-Food Festival & Cultural Program”
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा नेपाल प्रहरी संगठन प्रमुख आईजीपी दान कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औँ समूहका प्रशिक्षार्थीहरूद्वारा आयोजित “Flag Night-Food Festival & Cultural Program” कार्यक्रम भव्यताका साथ सम्पन्न भयो ।
कार्यक्रममा प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरूले नेपाल अधिराज्य भरका विभिन्न प्रदेशहरुमा रहेका जात-जातीहरूको मौलिकता एवं संस्कृति झल्कने स्थानीय व्यञ्जनहरू तयार पारी पेश गरेका थिए । प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरू तथा नेपाल प्रहरी सङ्गीत विद्यालयद्वारा लोक नृत्य एवं साङ्गीतिक प्रस्तुति समेत देखाइएको थियो ।
उक्त कार्यक्रममा नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर, नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग प्रमुख, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख, प्रतिष्ठानका कार्यकारी निर्देशक, अपराध अनुसन्धान विभाग प्रमुख, कार्य विभाग प्रमुख, प्रदेश समन्वय विभाग प्रमुख, उपत्यका प्रमुख, तथा प्रतिष्ठानका निर्देशक लगायत विशिष्ट अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो ।

