एसएसपी दिलिप घिमिरेले प्रहरी वृत्त दरबार मार्गको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेले जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मेवारी सम्हालेपश्चात मातहतका प्रहरी कार्यालयहरूको स्थलगत अनुगमन तीव्र बनाउनुभएको छ ।
यसै क्रममा उहाँले प्रहरी वृत्त दरबार मार्ग कार्यालयको सम्बन्धित शाखाहरू तथा हिरासत कक्षको निरीक्षण एवम् अनुगमन गर्नुभएको छ ।
निरीक्षणका क्रममा उहाँले कार्यालयको शान्ति सुरक्षा, प्रशासनिक गतिविधि, हिरासतमा रहेका थुनुवाहरूको अवस्था र नागरिक सेवा प्रवाहको वस्तुस्थितिबारे विस्तृत जानकारी लिनुभयो
निरीक्षणपश्चात कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै एसएसपी घिमिरेले आफ्नो जिम्मेवारीलाई पूर्ण व्यावसायिक, लगनशील र पारदर्शी ढंगले उत्कृष्ट रूपमा सम्पादन गर्न र कुनै पनि दबाब वा प्रभावमा नपरी प्रचलित कानुन बमोजिम निष्पक्ष रूपमा अपराध अनुसन्धान र कानुनी कारबाही अगाडि बढाउन निर्देशन दिनुभएको छ ।

