एआईजी हिमालय श्रेष्ठद्वारा नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रको निरीक्षण
नेपाल प्रहरी प्रधान कार्यालयका कार्य विभाग प्रमुख एआईजी हिमालय कुमार श्रेष्ठले नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रको सम्पूर्ण शाखाहरू, कार्यालय परिसर, व्यारेक भवन तथा जिन्सी सामग्रीको निरीक्षण गर्नुभयो ।
निरीक्षणका क्रममा उहाँले कार्यालयको कार्यसम्पादन, अनुशासन, स्रोत–साधनको उचित व्यवस्थापन, तयारी अवस्था तथा सेवाको प्रभावकारिता सम्बन्धमा आवश्यक जानकारी लिनुका साथै सम्पूर्ण कर्मचारीहरूको व्यावसायिकता, जिम्मेवारी, अनुशासन, समन्वय तथा विपद् प्रतिकार्य क्षमतालाई अझ प्रभावकारी बनाउँदै उच्च मनोबलका साथ कार्यसम्पादन गर्न महत्त्वपूर्ण निर्देशन प्रदान गर्नुभयो ।
उहाँबाट प्राप्त निर्देशनले उक्त तालिम केन्द्रको कार्यसम्पादनलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन महत्त्वपूर्ण प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ ।

