सशस्त्र आईजीपी नारायण पौडेलद्वारा बाँके तथा बर्दियास्थित सशस्त्र प्रहरी बल, नेपालका विभिन्न युनिटहरूको निरीक्षण भ्रमण गर्नुभई आवश्यक निर्देशन
सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले बाँके तथा बर्दियास्थित सशस्त्र प्रहरी बल, नेपालका विभिन्न युनिटहरूको निरीक्षण भ्रमण गर्नुभई आवश्यक निर्देशन दिनुका साथै सीमा नाकालाई थप व्यवस्थित गर्ने विषयमा जिल्ला सुरक्षा समिति, भन्सार प्रशासन लगायत सम्बन्धित सरोकारवाला निकायहरूसँग अन्तरक्रिया तथा छलफल गर्नुभएको छ।
साथै, सोही अवसरमा महानिरीक्षक पौडेलले बाँके तथा बर्दिया जिल्लास्थित विभिन्न सीमा क्षेत्रको स्थलगत अवलोकन गरी सीमा सुरक्षा व्यवस्थाबारे जानकारी लिनुभएको छ।

