न्यूयोर्कमा सम्पन्न पाँचौँ ‘चिफ अफ पुलिस समिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरी सशस्त्र आईजीपी पौडेल नेपाल फर्किनुभयो
संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, न्यूयोर्कमा सम्पन्न पाँचौँ “United Nations Chiefs of Police Summit (UNCOPS) 2026” मा सहभागिता सम्पन्न गरी सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल स्वदेश फर्कनुभएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू तथा वरिष्ठ सशस्त्र प्रहरी अधिकृतहरूले स्वागत गर्नुभयो।

