एसएसपी दयानिधि ज्ञवालीको प्रमुख आतिथ्यतामा गुनासो सुनुवाई तथा ब्यवस्थापन सम्बन्धी अन्तरक्रिया
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दयानिधि ज्ञवालीको प्रमुख आतिथ्यतामा उक्त तालिम केन्द्रका सम्पुर्ण महिला प्रहरी कर्मचारी तथा प्रहरी जवान आधारभुत तालिम ८-११४ औं समुहका सम्पुर्ण महिला प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा महिला प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरुबाट उठेका गुनासो, जिज्ञासाहरुलाई प्रमुख अतिथीज्युले सम्बोधन गर्नुभएको थियो । उक्त कार्यक्रममा तालिम केन्द्रका सिनियर प्रहरी अधिकृतज्युहरुको समेत सहभागिता रहेको थियो ।

