एसपी मनोहर भट्टद्वारा दर्ज्यानी चिन्ह सुशोभन तथा बधाई र सफलताको शुभकामना प्रदान
नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्र आदेशअनुसार जनपद तर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक तथा प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी कर्मचारीहरुलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर प्रसाद भट्टले दर्ज्यानी चिन्हद्धारा सुशोभन गर्नु भई बधाई तथा सफलताको शुभकामना सहित आवश्यक निर्देशन समेत दिनु भयो ।

